पुरानै विचारमा टेकेर मुलुकको समस्या हल गर्न सकिन्न: डा. भट्टराई

काठमाडौँ, ९ कार्तिक । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् । उनले पुरानै विचारमा टेकेर देशको समस्या हल गर्न नसकिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले २०७२ सालदेखि नै अग्रगामी विचार सहितको ‘ नयाँ शक्ति’ को आवश्यकता महसुस गरे पनि पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएको बताएका छन् ।

उनले भनेका छन्, ‘आइन्सटाइन भन्थे- ‘No problem can ever be solved at the same level of conscoiusness that created it.’ अर्थात् ‘ जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिन्न।’ त्यस्तै लेनिनलाई दरो वैचारिक टक्क दिने रोजा लग्जेम्बर्ग भन्थिन्- ‘No revolution can remain stationary; it has either to move forward or backward.’ अर्थात् ‘ कुनै पनि क्रान्ति स्थीर रहन सक्दैन; त्यो कि अघि बढ्छ कि पछि हट्छ।’ नेपालमा २००७ सालतिर बिपी र पुष्पलालहरूले शुरू गरेको पुॅजीवादी लोकतान्त्रिक क्रान्तिलाई ६५ बर्षसम्म संघर्षका विभिन्न उतारचढाव हुॅदै हाम्रो पुस्ताले २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सापेक्ष पूर्णतामा पुर्याएकै हो। परन्तु त्यस यताको समयमा त्यो ऐतिहासिक राजनीतिक क्रान्तिलाई पछिल्लो भू-राजनीतिक र भू-आर्थिक विशेषता र नेपालको विशिष्ठता अनुरूप नयाॅ आर्थिक-सामाजिक क्रान्तिको विचार/नीति/योजना/कार्यान्वयन मार्फत रक्षा र विकास गर्दै आम जनतालाई सुशासन र समतामूलक समृद्धिको प्रत्याभूति र समग्र क्रान्तिको निरन्तरता दिनु पर्नेमा पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्न पुग्नु अहिलेको नेपालको प्रमुख समस्या हो। हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाॅ अग्रगामी विचार सहितको ‘नयाॅशक्ति’ को आवस्यकता भनेका हौं र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौं। परन्तु वीचवीचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन। केही समय यता हामी आफ्ना गल्तीकमजोरीलाई सच्याएर नयाॅ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौं। यो वीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक छ। असन्तुष्टी नै नयाॅ सिर्जनाको जननी हो भने झैं यसले नयाॅ वैकल्पिक शक्तिको निर्माणमा नयाॅ आधार निर्माण पनि गर्दैछ। परन्तु माथि उद्धृत आइन्सटाइन र रोजाको कथनलाई आत्मसात गर्दै हामीले क्रान्ति वा परिवर्तनको प्रकृयालाई पछि फर्काउने हैन अघि बढाउने प्रयत्न गर्नुपर्दछ भने विचार ( ideology) मा विकास नगरी पुरानै विचारमा टेकेर यी समस्या हल गर्न सकिन्न भन्ने पनि दरोसंग आत्मसात गर्नैपर्दछ। अतः पछिल्लो इन्टरनेट र एआई प्रविधिमा पोख्त हाम्रो नयाॅ पुस्ताले यसमा विशेष ध्यान देओस्! पुराना क्रान्तिकारी आन्दोलनका भ्रष्टिकृत नभैसकेकाहरूले पनि आइन्सटाइन र रोजालाई सम्झिउन्!

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज