वैचारिक र राजनीतिक स्खलितहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो: महासचिव पोखरेल

काठमाडौँ, ८ कार्तिक । नेकपा एमालेको महासचिव शंकर पोखरेलले बैचारिक तथा राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्ने भएको भन्दै आक्रोस जनाउनुभएको छ ।

पछिल्लो समय पहिचानवादीको नाममा दुर्गा प्रसाईले केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै हिडेका छन् । सोही कुरालाई लक्षित गर्दै उहाँले विगतमा माओवादीले पनि जाउलाखेलको टेलिकममा केपी ओलीको नै लागनी थियो भनि फोटोसहित भ्रम सिर्जना गरेको स्मरण गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले

मस्को, १९ मंसिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

लन्डन, १९ मंसिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री

एजेन्सी, १९ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद