भन्सार छलेर ल्याउँदै गरेको करिब पौने २ लाखको सामान बरामद 

बर्दिया, ६ कार्तिक । भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब एक लाख ७५ हजार रूपैयाँ बराबरको सामानसहित बर्दिया प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका– ७ भन्सार रोडबाट आइतबार बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको फलफूल तथा तरकारी बरामद गरिएको हो । भन्सार छलेर ल्याउँदै गरेको सामानसहित प्रहरीले पाँच भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ।

उनीहरूले प्रयोग गरेका चारवटा मोटरसाइकल र चारवटा साइकल पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना प्रविधि शाखामा कार्यरत प्रहरी सहायक हवल्दार हरिनारायण ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले

मस्को, १९ मंसिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

लन्डन, १९ मंसिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री

एजेन्सी, १९ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद