पाल्पामा जिप दुर्घटना : ६ जनाको मृत्यु

पाल्पा, ५ कार्तिक । पाल्पाको रानीमहल नजिकै गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेकाहरू तीन जना महिला, दुई बालबालिका र एक पुरूष रहेका छन् ।

दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका इन्चार्ज प्रहरी नायब निरीक्षक चापागाईले जानकारी दिए । घटनास्थल रानीमहल दरबारदेखि डेढ किलोमिटरको दुरीमा छ। तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठभिरबाट दुर्घटनामा परेको उक्त जिप सडकदेखि ७० मिटर भन्दा तल छांगोमा खसेको प्रहरी नायब निरीक्षक चापागाईले जानकारी दिए ।

घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्धार गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ  । गाडीमा कति जना यात्रु थिए भन्ने खुलिसकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज