बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान

लुम्बिनी, ५ कार्तिक । बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’  जडान थालिएको वर्षदिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ ।

सरकारले २०७४ भदौ देखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’  जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो । हालसम्म एक हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ ।

यातायात कार्यालय बुटवलका अनुसार र हालसम्म पाँचसय १५ सरकारी मोटरसाइकल र एकसय ४६ वटा चारपाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ ।  दुई सय ५६ वटा निजी मोटरसाइकल र एक सय १२ वटा चारपाङ्ग्रे सवारी, आठ वटा ट्याक्टर, भाडाका पाँच र दश  वटा भारी सवारी साधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन् ।

केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकैपटक बोलपत्र आह्वान  गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ । यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बापतको राजश्व पनि विभागको खातामा दाखिला हुने गरेको राससलाई बताए । निजी सवारी साधानलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुची नभएको उनको बुझाइ छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई रु दुईहजार पाँच सय, तीन पाङ्ग्रे सवारीलाई रु दुईहजार नौ सय, चारपाङ्ग्रे सवारीलाई रु तीन हजार दुईसय र हेभी सवारीलाई रु तीन हजार ६ सय राजश्व तोकिएको छ । एघार जना कर्मचारीले ‘इम्बोस्ड नम्बर प्लेट’सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना