मदरसा बोर्ड गठन गर्न सरकारले ढिलो गर्न हुन्न: अध्यक्ष साह

रौतहट, ५ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मदरसा बोर्ड गठन नगरेसम्म मुस्लिम बालबालिकाको भविष्य सुनिश्चत नहुने बताएका छन।

शनिबार पार्टी नगर कमिटी फतुवा बिजयपुरद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले मदरसा ऐन तथा मदरसा बोर्डको लागि सरकारले ढिलाई गरेमा आफ्नो पार्टी आन्दोलनमा समेत उत्रनपछि नपर्ने चेतावनी दिएका थिए। देशमै सबभन्दा बढी मुस्लिम समुदायको जनसंख्या रहेको रौतहटमा उनीहरूको बालबालिका पढ्ने मदरसा व्यवस्थित गर्न सरकारले पहल नगरेको उनको साहले बताए । मदरसा व्यवस्थित नहुँदा हजारौँ मुस्लिम बालबालिकाको भविष्य अन्धकारमय भइरहेको उनले गुनासो गरे ।

उनले मदरसा ऐन र बोर्ड गठन गराएरै छाड्ने प्रतिबद्धता जनाएका थिए । शिक्षामा गरेको विभेद आमजनता पार्टीलाई कहिलै सह्य नहुने भन्दै नेता साहले आक्रोश व्यक्त गरे ।  विभेदलाई हटाउन सरकार मदरसाको मान्यता दिलाउन मदरसा ऐन तथा मदरसा बोर्डको स्थापना गर्न तत्काल पहल हुनुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना