मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैनः महासचिव पोखरेल

देउखुरी, ४ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको बताएका छन् ।

एमाले जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीति दल खोजेको बताए ।

एक फरक प्रसंगमा उनले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरे । अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने उनको तर्क थियो । दशैं पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताए । शहर र गाउँलाई दशैंले जोडेको उनले उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । असार लागेसँगै केही स्थानमा मनसुन सक्रिय हुन थालेको छ । वर्षाका कारण केही जिल्लामा बाढीपहिरो पनि आएको

काठमाडौँ, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस