पेस्तोलसहित एक जना पक्राउ

मोरङ, ४ कार्तिक । धनपालथान गाउँपालिका-२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक जना पक्राउ परेका छन् ।

सर्लाही हरिपुर्वा नगरपालिका-७ बस्ने २७ वर्षीय रबिन्द्र कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३