यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ, २ कार्तिक । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

सरकारका प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी यसैसाथ संलग्न मेमोरण्डम अफ अण्डरस्टा्याण्डिङ बिटुइन द गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द अरब रिपब्लिक अफ इजिप्ट अन कोअपरेसन इन युथ एण्ड स्पोट्र्स अफेयर्स विषयक समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गरेको छ ।

नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द स्टेट अफ कतार अन कोअपरेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेसन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्ने र मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको छ ।

प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको बताइन् । ‘गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ। उहाँलाई अचानक गएराति हृदयघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अपरेसन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ। केही दिन उहाँ उतै रहनु हुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३