चुरे विनाश रोक्नुपर्छ : पूर्वराष्ट्रपति यादव

राजविराज, २ कार्तिक । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले तराई मधेसलाई समृद्ध बनाउन चुरे विनाश रोकनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा कर्मवीर योद्धा  खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा उहाँले तराई मधेस मरुभूमि हुनबाट जोगाउन चुरे जङ्गल विनाशलाई रोक्नु आवश्यक रहेको बताएका हुन् ।

नेपालको तराई मधेसमा धेरै अन्न फल्ने भएकाले यहाँ नदि नाला र सिँचाइ सुविधा पुगेमा  समृद्ध नेपाल बन्न सक्ने बताउँदै उनले जलवायु परिर्वतन र वातावरण अनुकुलताका कारण अहिले तराईमा पानीको सतह घट्दै गएको बताए । दैनिक चुरे विनाशले गर्दा ठाउँ–ठाउँमा पानीको अभाव  देखिएका कारण चुरे जोगाउन सबै नागरिक सचेत बन्नुपर्नेमा डा यादवको जोड थियो । “चार दशकअघिसम्म अन्न धान, चामल निर्यात गर्ने अवस्थामा हामी थियौँ, गरिब समुदायका मानिसले पनि पर्याप्त माछा खान पाउँथे, सागसब्जीको अभाव थिएन”, उनले भने  ।

संविधानसभाबाट नयाँ संविधान बन्नु, समानुपातिक समावेशिताको ग्यारेन्टी हुनु ठूलो उपलब्धि रहे पनि त्यसअनुसारको सुधार आउन अझै बाँकी नै रहेको डा यादवलले बताए । तराई–मधेसमा व्याप्त दाइजो प्रथा, आवश्यकभन्दा अनावश्यक कुरामा बढी खर्च गर्ने प्रवृत्ति अझै कायम रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा डा यादवले अभिनन्दित व्यक्तित्व खुशीलाल मण्डल र आफू प्रजातन्त्रका लागि सँगसँगै काम गरेको स्मरण गरे ।

पूर्वनिर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले अभिनन्दित मण्डलमा विश्लेषण गर्ने अद्भूत क्षमता रहेको बताए । मण्डल लोकतन्त्रप्रति समर्पित योद्धा हुनुभएकाले उनको सम्मान सार्थक रहेकामा कार्यक्रमका वक्ताको एकमत थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले