प्रमुख आयुक्त थपलिया र युरोपियन युनियनका राजदुतबीच शिष्टाचार भेट

काठमाडौँ, १ कार्तिक । आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग युरोपियन युनियनका राजदुत H.E. Ms. Lorenzo Veronique लेशिष्टाचार भेट गर्नुभयो।

निर्वाचन आयोग र युरोपियन युनियनबीचमा विगत दुई दशकयता भएका कार्यगत सम्बन्धहरूको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा प्रमुख निर्वाचन आयुक्त र राजदुतबीच छलफल भयो । छलफलमा निर्वाचन व्यवस्थापन प्रकृयाको समग्र सुधारको निम्ति आयोगले तयार गरेको कार्ययोजनाका बारेमा अवगत गराइयो । उक्त व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको राजदूतले व्यक्त गर्नुभयो ।

उक्त भेटघाटमा निर्वाचन आयोगको सचिवालयका कर्मचारीहरू सहसचिव रमेश ढकाल, उपसचिव डा थानेश्वर भुसाल, शाखा अधिकृत श्रवणकुमार लुइटेल तथा परराष्ट्रमन्त्रालयका प्रतिनिधि विजयराज तण्डुकार समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस