३ महिनामै सरकार झन्डै ४६ अर्ब रुपैयाँले घाटामा

काठमाडौँ, १ कार्तिक । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ । याे खर्च वार्षिक विनियोजनको १६ दशमलव २ प्रतिशत बराबर हो ।

यो अवधिमा सरकारले चालुतर्फ १८ दशमलव ६९, पुँजीगततर्फ ५ दशमलव ९ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा दुई खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा अहिलेसम्म १७ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा ४९ अर्ब ३४ लाख ९० हजार रुपैयाँ बराबर खर्च भएको छ ।

अहिलेसम्मको सरकारी राजस्व सङ्कलन हेर्दा २ खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपैयाँ बराबर रहेको छ । याे वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो । सरकारले चालु आवका लागि १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार रुपैयाँ बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

पहिलो त्रैमासमा सङ्कलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ दशमलव ७९ प्रतिशत अर्थात् १९ अर्ब ६५ करोड ३० लाख रुपैयाँ बराबर रहेको छ । चालु आवका लागि ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले अहिलेसम्म वार्षिक लक्ष्यको ० दशमलव १२ प्रतिशत अर्थात् ६ करोड १८ लाख रुपैयाँ बराबर अनुदान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेदकोट नगरपालिका-७

काठमाडौँ, ११ असार । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार चतारा र

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।