श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

उदयपुर, १ कार्तिक । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

मंगलबार राति त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो। उनीमाथि श्रीमती ३० वर्षीया छविमायाको हत्या गरेको आरोप छ। घरायसी विवाद हुँदा उनले खाना पकाउने कुकरले हिर्काएर छविमायाको हत्या गरेको प्रहरीले जनाएको छ।

कुकर प्रहारबाट गम्भीर घाइते भएकी छविमायालाई जिल्ला अस्पताल उदयपुर लगिएको थियो। त्‍यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको मृत्यु भएको खबरपाएपछि इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले पिटरलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३