मुसहर बस्तीका दलित र विपन्नलाई कपडा वितरण

बारा, १ कार्तिक । कुशल व्यवसाय परामर्श तालिम केन्द्रले चन्द्रपुर नगरपालिका वडा नं ४ सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित मुसहर बस्तीका बालबालिका तथा सुत्केरी महिलाहरूलाई लत्ताकपडा वितरण गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमवार ९३ जना बालबालिका र ९७ जना महिला÷पुरुष, र ११ जना सुत्केरी महिला र नाबालक बच्चाको लागि ३७८ थान नयाँ लत्ताकपडा वितरण गरेको हो । हिन्दु धर्मालम्बीहरुको महान् पर्वको अवसरमा मुसहर बस्तीका गरिब, दलित तथा विपन्न समुदायका महिला तथा बालबालिकाहरू नयाँ कपडा लगाउनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले संस्थाले सो कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित मुसहर बस्तीमा बस्दै आएकी अमृता माझीले पनि चाडबाडमा सबैले बिर्सिएको दलित, मुसहर बस्तीका परिवारलाई सम्झेर कुशल व्यवसाय परामर्शले कपडा वितरण गरिएको खुसी व्यक्त गरेकी थिइन् । सो कार्यक्रममा मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल माझीले ५१ घरपरिवारलाई नयाँ कपडा वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्