कोशी सरकारमा एमालेले माग्यो ५ मन्त्रालय

विराटनगर, ३० असोज । नेकपा एमालेले कोशी प्रदेश सरकारमा ५ वटा मन्त्रालय माग गरेको छ । नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ९ सदस्यीय मन्त्रिपरिषदमा ५ वटा मन्त्रालय माग गरेको हो ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफ्नो पार्टीले पाँच वटा मन्त्रालयमा दाबी गरेको बताए । यद्यपि मुख्यमन्त्री कार्कीसँग मन्त्रालय बाँडफाडका लागि छलफल हुन नपाएको उनले बताए । बुधबार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएपछि मुख्यमन्त्री कार्कीसँग छलफल हुने एमाले नेता भण्डारीले बताए ।

मुख्यमन्त्री कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आइतबार शपथ ग्रहणपछि आफ्नो दलका शमशेर राई र एमालेका राम रानालाई मन्त्री बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ११ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग