न्यायाधीश समाजको अध्यक्षमा मल्ल निर्वाचित

काठमाडौँ, ३० असोज । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् ।

मंगलबार कार्की ब्याङ्क्वेटमा भएको साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल र कोषाध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश बालेन्द्र रुपाखेती निर्वाचित भएका छन् ।

सदस्यहरुमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का रहेका छन् । समाजको कार्यसमिति सदस्यहरुको पदावधि दुई वर्षको हुने भएपनि न्याय परिषद्को सदस्य भएपछि समाजको कार्यसमिति छाड्नुपर्ने भएकाले यसअघिका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण