लागुऔषध कारोबार गरेको आरोपमा भक्तपुरबाट ४ जना पक्राउ

काठमाडौँ, ३० असोज । लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका घर भएका २८ वर्षीय सुशान्त अवाल, सप्तरी घर भएका २६ वर्षीय कृष्ण कुमार दास, २७ वर्षीय दिपेन्द्र कुमार यादव र २९ वर्षीय जितेन्द्र कुमार रमन छन् । असोज २३ मा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले भक्तपुर नगरपालिका–२ सानेब्यासीबाट बागमती प्रदेश–०२–०३४ प २३२५ नम्बरको स्कुटरमा सवार सुशान्तलाई पक्राउ गरेको थियो । सुशान्त सवार स्कुटरको डिकीमा नोर्फिन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र ६ थान सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए । आरोपीहरुबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा