संघीयताको कार्यान्वयन तीव्र गतिमा भएन : मुख्यमन्त्री शर्मा

सुर्खेत, ३० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको कार्यान्वयन तीव्र नभएको बताएका छन् ।

मंगलबार पत्रकारसँग दसैँको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले संघीयता कार्यान्वयनमा जटिलताहरु रहेको बताएका हुन् ।  संघीयता कार्यान्वयनमा केही अपुगताहरु रहेको बताउँदै प्रशासनिक रुपमा पनि जटिलता रहेको उनको भनाइ छ । संघीयता लागु भएपश्चात प्रदेशमा कानुनहरु समेत आवश्यकता अनुसार बन्न नसकेको शर्माले बताए । कानुनी हिसाबले समेत आफूहरु कमजोर रहेको उनको भनाइ छ । समस्याको समाधान गर्नका लागि आफूहरु लागिरहेको र संघीय सरकारलाई झक्झक्याउने काम पनि भइरहेको उनले बताए ।

मुख्यमन्त्री शर्माले भने, ‘जुन तरिकाले संघीयता लागु हुनुपर्थ्यो त्यो अनुसार भएको छैन । जनसंख्यालाई मात्र नभई भौगोलिकताका हिसाबले पनि हेर्नुपर्छ । विगतदेखिनै पछाडि पारिएको कर्णालीले क्षतिपूर्ति पाउनुपर्छ भनेर हामीले भन्दै आएका छौँ । कानुनहरु पनि संघीयताको स्पिड अनुसार बन्नसक्नुपथ्र्यो, त्यो अनुसार बनेनन् । हाम्रा केही काम गर्ने सन्दर्भमा अफ्ठ्यारा, जटिलताहरु रहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ११ असार । मुलुकका ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले सोमबार आगामी आर्थिक वर्ष ०८१/८२ को

काठमाडौँ, १० असार । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार