सरकारले खुलेआम राष्ट्रघाती कार्य सुरु गर्यो : अध्यक्ष साह

काठमाडौँ, ३० असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे । तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् ।

शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो । गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुलनेछ । खर्बो खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्याईसकेका तिनिहरुले अब आफनो अचल सम्पति पनि खुलेआम विदेश लान पाउनेछन् । नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन । दुनियामा काही न भएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ । विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहरो नागरिकताको प्रावधान ल्याईएको भन्ने हाला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैछ । यस अपराधजन्य कार्यको बिरुद्ध आम जनता एक भएर प्रतिवाद गरौ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार !!

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण