योगदान सहकारीको २२औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, ३० असोज । राम चन्द्र प्रजापति । `एकको लागि सबै सबैको लागि योगदान ´ भन्ने उद्द्घोषका साथ योगदान बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

तौलाछें ९ स्थित सहकारी २०५७ सालमा स्थापित भएको हो । संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि संस्थाका पूर्व सल्लाहकार  जेष्ठ नागरिक राज कुमार प्रजापतिले पानसमा दीप प्रज्ज्वलित गरि उद्घाटन गर्नुभयो । साथै उहाँले  साधारण सभाको सफलताको शुभ कामना  दिनुभयो ।

प्रमुख अतिथि प्रजापतिले भन्नुभयो, ‘पहिला सहकारी संस्था भनेको के हो? मलाई थाहा छैन । करिव २५ बर्ष अधि मलाई सहकारीमा पैसा बचत गर्नु पर्‍यो भनी मेरो छोरोको साथी भक्तपुर  जेलां २ हाल ८ बस्ने उदय साकोसका संस्थापक सत्य नारायण प्रजापतिले पैसा बचत गर्न अनुरोध गरेको आज याद जिलायो ।  हालसम्म उहाँ माओवादीको जनयुद्धमा सत्य नारायण प्रजापति  बेपत्ताको लिस्टमा छ भने सुनेको छु । बचत गर्न प्रेरणा दिनु हुने बाबु सत्यनारायण प्रजापति बेपत्ताको कुराले मलाई दु:खद लागेको छ । त्यस्तै आज योगदान बचत तथा ऋण सहकारीको २२ औं  बार्षिक साधारण सभाको प्रमुख अतिथि भएर उभिन्न पाउँदा एकातिर खुशी पनि छु ।’

कार्यक्रममा संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले योगदान सहकारी संस्थाले समुदायमा सहकारी संस्थाको माध्यमले आर्थिक सामाजिक  सास्कृतिक रुपमा समाज  विकासमा महत्वपूर्ण अग्रणी भुमिका खेलेको  बताउनुभयो । उहाँले भन्नुभयो, ‘स-साना पुंजिलाई एकत्रित गरि थोरै लगानी धेरै प्रतिफल योगदान सहकारी संथाले दिइरहेको छ । ठुलो ठुलो भवन तथा जग्गा हुदैमा संस्थाले सदस्यको सेवा राम्रो दिएको हुन्छ भन्ने हुदैन।सदस्यलाई सहकारीको माध्यमले आर्थिक प्रगति दिनु नै संस्थाको दायित्व हो । भक्तपुरका सहकारी संस्थाका कतिपय सदस्यहरुको आर्थिक प्रगति भन्दा कमजोर हुँदै गएको पनि नभएको होइन संस्थाका सिमित व्यक्ति धनी हुँदै जाने र धेरै व्यक्ति गरिव हुँदै गएको पनि  पाइन्छ । तसर्थ त्यसो नहुनको लागि सदस्यहरुले संस्थाको बारेमा चासो दिनुपर्छ ।  त्यसैले सदस्यको सेवामुखी हुन संचालक समितिले महत्त्वपूर्ण भुमिका खेल्नुपर्छ ।’

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार राम चन्द्र प्रजापतिले करिव २६ वर्ष अघि बाल कला समुहका केही युवाहरु अग्रसरतामा रहि स्थापित  योगदान साकोस स्थापनाका सपनाहरु उद्देश्यलाई साकार पार्न महिला नेतृत्वले पूरा गरेको बताउनुभयो । सहकारी संस्थालाई सिमित व्यक्तिको नियन्त्रण राख्न सरकारले विभिन्न सहकारी नियन्त्रीत नीति नियम ल्याएको छ, त्यस्ता नितिको विरुद्धमा सहकारीका अगुवा नेतृत्वले ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स-सना पुजिलाई आर्थिक सामाजिक सांकृतिक रुपमा संस्थाले समाज विकासमा योगदान पुर्‍याउन सफल संस्था योगदान सहकारी हो । तसर्थ सदस्यहरुको सदैब सेवा सुविधा आर्थिक पारदर्शिता सहकारीको सिद्धान्त मर्म र भावना अनुसार अगाडि बढन सकोस् ।’

त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष राम प्रजापति, लेखा सुपरिवेक्षण समितिका संयोजक प्रविण प्रजापति, प्रवन्धक सरस्वती प्रजापतिले संस्थाको वार्षिक कार्ययोजना र पाँच वर्षे कार्यक्रम अनुसार अगाडी बढीरहेको छ र आगामी दिनमा संस्थाको अझ प्रगतिको शुभकामना व्यक्त गर्नु भयो । २२ औं वार्षिक साधारणसभाले लेखापरिकको लेखापरीक्षण प्रतिवेदन लेखा सुपरिवेक्षण समिती संयोजक प्रविण प्रजापति, सचिव कान्छी विति प्रजापति, कोषाध्यक्ष आरती वासीले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । मुलुकका ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले सोमबार आगामी आर्थिक वर्ष ०८१/८२ को

काठमाडौँ, १० असार । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री डा. अली बगेरीबीच भेटवार्ता भएको छ । इरानको

काठमाडौँ, १० असार । सरकारले स्थानीय तहलाई दिनुपर्ने ९३ प्रतिशत वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने भएको छ । देशभरिका पालिकाले बजेट

काठमाडौँ, १० असार । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ