भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन छ : महासचिव गुरुङ

काठमाडौँ, २९ असोज  । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी केन्द्रको नेतृत्वले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएका कारण मात्रै सरकारको टिकेको बताएका छन् ।

जनप्रगतिशील मञ्चद्वारा बेलायतको अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाँडपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले अहिलेको सरकार टिक्नुमा भ्रष्टाचार विरोधी अभियान नै मुख्य कारण भएको बताएका हुन् । अहिले प्रचण्ड नेतृत्वको सरकारले निर्ममतापूर्वक भ्रष्टाचार विरोधी अभियान चालेको भन्दै उनले विदेशी शक्तिकेन्द्रले सरकार र यसले गरेका जनपक्षीय कामलाई पचाउन नसकेको आरोप समेत लगाए ।

उनले भने, ‘भ्रष्टाचार विरोधी अभियान सुरु गरेकाले धेरैलाई पचेको छैन । जनताको व्यापक समर्थनले मात्रै प्रचण्ड सरकार टिकेको छ । यो सरकार कुनै पनि हालतमा टिकाउनु छ । भ्रष्टाचार विरोधी अभियानमा जनतालाई ठीक ढंगले सम्प्रेषण गर्न सकियो भने जनताले साथ दिन्छन् । जनताको साथ र समर्थनले तेस्रो दल, सानो दल भएको भएता पनि ठूला दलहरूलाई कुनै न कुनै रूपमा मिलाउँदै र राष्ट्रिय सहमति भन्दै माओवादीले अहिले मुलुकको नेतृत्व गरिरहेको बताए । भ्रष्टाचार विरोधी अभियान सरकारले सुरु गर्दा जन समर्थनले मात्रै टिकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३