१० नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ, २३ असोज । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै मृतकहरुको शव  यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै सरकारले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको

काठमाडौँ, १९ मंसिर । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय

काठमाडौँ, १९ मंसिर । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत

काठमाडौँ, १९ मंसिर । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि