अध्यक्ष ओलीद्वारा इजरायलमा भएको आक्रमणको निन्दा

काठमाडौँ, २२ असोज । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले निन्दा र भत्सर्ना गरेका छन् ।

पार्टीका तर्फबाट अध्यक्ष ओलीले आज विज्ञप्ति जारी गर्दै निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान नगर्ने ठहर गरेका छन् ।

एमालेले घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ । यस घटनामा ‘लर्न एण्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा आफू र पार्टी अत्यन्त दुःखित भएको ओलीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण