नेप्से सूचक ३५ अंकले घट्यो

काठमाडौँ, २१ असोज । आज नेप्से सूचक ३५ अंकमाथिले घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३५.६७ अंकले घट्दै १९ सय २१.२४ अंकमा झरेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७९ अंकले घटेर ३६७.५७ अंकमा झरेको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट र जीवन बिमा समूहको उपसूचक आज २ प्रतिशत माथिले घटेका छन् भने बाँकी अरू समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।

यद्यपि, आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर ९.५९ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था लि. र गरिमा डिभेन्चरको मूल्य समान १० प्रतिशत (नेगेटिभ सर्किट) घट्न पुगेको छ ।

३५ अंकमाथिले नेप्से सूचक घटेको यस दिन १ अर्ब १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्