हुम्ला, २१ असोज । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आज बिहान ११ बजे सदरमुकामबाट सिमकोट गाउँपालिका– २ ठेहे जाँदै गरेको बा२१च ७३५३ नम्बरको बोलेरो जीप सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालयनजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा सिमकोट गाउँपालिका– २ का वडाध्यक्ष देवजग बोहोरा र वडा नम्बर ३ का वडाध्यक्ष पामा लामासहित नौजना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार नभएपछि जिल्लाबाहिर लैजानका लागि हेलिकोप्टरको तयारी भइरहेको छ । जीप सडकभन्दा दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।





