सालका कडीसहित तीन जना पक्राउ

गोदावरी, २१ असोज । कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका– ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु गोदावरी नगरपालिका–८ का २८ वर्षीय मदन छेडाल छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै पक्राउ गरेको हो । आज बिहान ४ बजे रु तीन लाख मूल्यका सालका कडी, ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान गरी कारबाहीका लागि सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाउने तयारी गरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए ।

यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–८ का दोर्जे शाही ३० दशमलव ७५ क्यूफिट चिरान काठ र ८३ क्यूफिट गोलियासहित पक्राउ परेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । शाहीले आमफाँटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योगभित्रबाट काँचो सालका नौ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरासहित पक्राउ गरिएको  डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गौचरण चौधरीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्