भक्तपुर, २० असोज । दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आज लोकन्थलीमा आयोजित एक विशेष कार्यक्रम गरी आफ्नो वार्षिक साधारण सम्पन्न गरेको छ । ‘एक घर एक सदस्य’ अभियान लिएर नाफामुखी भन्दा पनि सेवामुखी र उत्पादनमूखी बनाउने विशेष योजना लिएको सहकारीले महिलालाई आत्मनिर्भर तथा आर्थिक सशक्तिकरणमा जोड दिने गरेको छ । महिला आर्थिक तथा सामाजिक क्षेत्रमा निर्णायक तहमा नेतृत्व गर्ने भएमा आफ्नो परिवारमात्र नभई समाज रुपान्तरण हुने विश्वासका साथ सहकारी सञ्चालन गरिएको सचिव उत्तरा नेपालले बताउनुभयो ।
कार्यक्रममा १० जनालाई सम्मान गरिएको छ । तीन जना वालसदस्य तथा तीन–तीन जना असल ऋणी तथा बचत कर्तालाई सम्मान गरिएको छ । सम्मानित वालसदस्यहरुमा दृष्या भण्डारी, सुभाङ्ग पराजुली र आस्रा भण्डारी रहनुभएको छ । त्यस्तै असल ऋणीमा देवकी खड्का, अनिता बजगाई र सरिता रसाईली रहनुभएको छ । त्यस्तै असल बचत कर्ताहरुमा लालकुमारी श्रेष्ठ, तेजकुमारी पराजुली र राधा कार्की रहनुभएको छ । त्यस्तै पद्मा खड्कालाई जेष्ठ आमा सम्मान गरिएको छ ।
१३ सय ५४ जना सदस्य रहेको उक्त सरकारीको १६औं साधारण सभामा सचिव नेपालले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सावित्रा दाहालले आर्थिक प्रगति तथा अनुमानित बजेट प्रस्तुत गर्नुभयो । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सृजना अधिकारीले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
शुशिला पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै विशेष अतिथि वागमती प्रदेशका सांसद सकुन्तला श्रेष्ठले सरकारीको भूमिका, आवश्यकता र आगामी दिनमा तीनै तहका सरकारहरुले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । अतिथिहरुमा बजरंगबली बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, संगिनी महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि लगायतका व्यक्तिहरु रहनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष राधा हुमागाईले स्वागत मन्तव्य राख्नुभएको थियो ।






