कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा राजीनामा

विराटनगर, २० असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् ।

शनिबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । विश्वासको मतका निम्ति प्रस्ताव प्रस्तुत नगरी मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गरे । उनले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेबारे शनिबारै दिउँसो उनले नेकपा (एमाले) कोसी प्रदेशसभा संसदीय दलको बैठकमा जानकारी गराएका थिए । संविधानको धारा १६८ (५) अन्तर्गत सरकार बनाइँदा कार्कीले पुनः मुख्यमन्त्रीमा दाबी गर्न नपाउने दलका सांसदले सुझाव दिएका थिए ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानको धारा १६७ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुनः १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नसकिने बैठकमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण