‘भिजिट भिसा’ले घर न घाट

काठमाडौँ, २० असोज । झापाकी ४० वर्षीया महिला घरको आर्थिक अवस्था सुधार्न ‘भिजिट भिसा’मा दुबई जान लागेकी थिइन्। तर उनी जान पाइनन्।

कागजपत्र नक्कली ठहर गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फर्काइदिएको हो। यसरी विमानस्थलबाट फिर्ता हुनेमा उनीजस्तै अन्य धेरै महिला र पुरुष पनि छन्।

विमानस्थलबाट गत मंगलबार फर्काइएकी ती महिला निन्याउरो अनुहार लगाएर ब्युरोको एक कुनामा बसिरहेकी थिइन्। छोराछोरीको पढाइ र घरको बाध्यताले उनी विदेश जान थालेकी थिइन्। परिवारको जिम्मेवारीले उनी साह्रै चिन्तित थिइन्। त्योभन्दा ठुलो पीडा पतिको माया र साथ पाउन नसक्दा भएको उनले बताइन्। दुई छोराकी आमा उनलाई आफैंले प्रयोग गर्ने टेलिफोन नम्बर पनि थाहा छैन।

विमानस्थलबाट फर्काइएपछि उनी रोइरहेकी छन्। उनका आँखाका डिल सुन्निएका छन्। विदेसिन नपाउँदा उनको चित्त दुखेको छ। ब्युरोले गैरकानुनी रूपमा विदेश जाँदा जोखिममा परिने जानकारी उनलाई गराएको छ। तर उनी भने फेरि पनि कसरी विदेश जान पाइएला भन्ने ध्याउन्नमा छिन्। ब्युरोबाट राहदानीलगायत अन्य कागजपत्र पाए फेरि दसैंअगाडि विदेसिने उनको सोच छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण