जितिया पर्वले सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : प्रधानमन्त्री

काठमाडौँ, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वले सामाजिक सम्बन्धको सन्तुलन, आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् । समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्वि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । तराई–मधेसका थारुलगायत समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउने यस मौलिक पर्वको आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनिएको छ, “बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको पहिचानलाई आत्मसात् गरी सामाजिक–सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्नु अपरिहार्य आवश्यकता भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण