बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ : मन्त्री महत

काठमाडौँ, १९ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले अहिलेदेखि नै आउँदो आर्थिक वर्षको बजेटको तयारी गर्नुपर्ने बताएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत आवश्यक क्षेत्रको पहिचान गरी आउँदो वर्षको बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

उनले भने, “सरकारले आउने बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ । त्यो गर्दा हाम्रा आवश्यकता के–के छन् ? सबैभन्दा ज्यादा जनसंख्यालाई प्रभावित गर्ने, प्रभाव पार्ने विषय के छन् ? सेक्टर के छन् ? उपसेक्टरहरु के छन् ? चाहे स्वास्थ्यको, चाहे शिक्षा, पूर्वाधार विकासको क्षेत्रमा होस्, त्यसलाई मध्यनजरमा राखेर हामीले सबैभन्दा ज्यादा प्रभाव पर्ने विषय, सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्नुपर्छ,” “त्यही किसिमबाट स्रोतको पहिचान गर्नुपर्छ । यसमा सरकार आफैँले मात्रै गरेर सम्भव छैन । हाम्रा सामाजिक सुरक्षाका दायित्व बढिरहेका छन्, तलबभत्ता आदि इत्यादि कम गर्न सक्ने अवस्था छैन । वैदेशिक ऋणको दायित्व पनि बढ्दै छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप