राष्ट्र बैंकले ल्यायो आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ, १९ असोज । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो । नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।

नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेदकोट नगरपालिका-७

काठमाडौँ, ११ असार । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार चतारा र

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।