९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने काठमाडौँ महानगरको तयारी

काठमाडौँ, १९ असोज । काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ ।

कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार तयार भइसकेको छ । कामपा वडानम्बर १ को सत्यसाई केन्द्र नक्साल, ७ को मैजुवहाल, ८ को जयवागेश्वरी, ९ को गौशाला, १४ को गणेश मन्दिरसँगै कुलेश्वर, १९ को कंकेश्वरी, २६ को लैनचौरस्थित वडा कार्यालय र ३० को ज्ञानेश्वरबाट सेवा दिएको छ ।

ती केन्द्रको सेवा थप गरी सर्वसाधारणलाई समेत उपचार सेवा दिने भएको छ । ती केन्द्रलाई केही दिनपछि उद्घाटन गर्ने कार्यक्रम रहेको सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । कामपा जनस्वास्थ्य विभागका निर्देशक रामप्रसाद पौडेलले महानगरवासीलाई निःशुल्क सेवा दिन स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिए ।

केन्द्रहरू सञ्चालन भएपछि निजी अस्पतालमा बिरामीको चाप घट्ने अपेक्षा कामपाको छ । विभागीय निर्देशक पौडेलले कार्यालय आधुनिक स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्न लागिएको बताए । महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले अस्पतालसरह सुविधा दिने गरी सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । उनले भने– ‘केन्द्रलाई चिकित्सकले बिरामी परीक्षण गरेपछि थप जटिल रोग भएमा रिफर गर्नेसम्मको अधिकार हुनेछ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ११ असार । मुलुकका ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले सोमबार आगामी आर्थिक वर्ष ०८१/८२ को

काठमाडौँ, १० असार । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार