भोली सार्वजनिक बिदा

जनकपुरधाम, १८ असोज । धनुषाको कमला नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

मधेसका महिलाहरूले मनाउने महान् पर्व जितिया पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाकाका मेयर विश्वेश्वरप्रसाद यादवले आज एक सूचना जारी गर्दै कार्यालय र सो अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा शुक्रवार सार्वजनिक बिदा दिएका छन् ।

साथै सो पर्वका अवसरमा जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण संस्थागत विद्यालयहरू समेत बन्द हुने भएका छन् । प्याब्सन र एन प्याब्सन धनुषाले सो पर्वको अवसरमा बिदा दिने निर्णय गरेका हुन् । एन प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र एन प्याब्सनका अध्यक्ष रवीन्द्र चौधरीले एक सूचना जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सबै बोर्डिङ स्कुलहरू बिदा हुने जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण