कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, १८ असोज । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार थिमि तर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र पुरानो थिमिबाट राधेराधे तर्फ जाँदै गरेको बा.५ च २०४९ नम्बरको कार आपसमा ठोक्किएको हो ।

दुर्घटना हुँदा बाटोमा हिँडिरहेका ५८ वर्षीय योगराज बरालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतक बराल धनुषाको जनकपुर नगरपालिका–९ का स्थानीय हुन् । मोटरसाइकल चालक २० वर्षीय मिलन कार्की र कार चालक २९ वर्षीय अनुज प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुला मञ्च खेल मैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ ।  बेनी

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस