कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैनः अध्यक्ष नेपाल

जनकपुर, १८ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसविनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्।

बुधबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेसविनाको सरकार कल्पना गर्न नसिकिने बताएका हुन्। त्यसकारण गठबन्धनमा रहेका सबै दलहरू इमानदार हुनुपर्ने उनले बताए। ‘वर्तमान गठबन्धनमा रहेका दलहरूले सहमतिअनुसार आ-आफ्नो कार्यभार पूरा गर्नुपर्छ,’ उनले भने।

नेपालले सरकारले राम्रो काम गर्न खोजेपनि पर्याप्त नभएको बताउँदै सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्नुपर्ने बताए। ‘सबै इमान्दार हुन जरूरी छ, त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ,’ उनले भने। नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल समेत गरेका छन्। उनले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण

काठमाडौँ, २ असार । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । समितिका