गृहमन्त्री श्रेष्ठद्वारा समसामयिक सुरक्षा चुनौतीबारे रिपोर्टिङ

बर्दिबास, १७ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिएका छन् ।

महोत्तरीको बर्दिबासमा जारी अन्तरक्रियात्मक बैठकमा यतिबेला प्रमुख जिल्ला अधिकारीहरूले रिपोर्टिङ गरिरहेका छन् । अब सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपय गलत नियत भएका व्यक्तिबाट बाधा व्यवधान खडा गर्न खोजिएको, कतिपय पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक सञ्जालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या उजागर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस