एमाले मध्यावधिमा जान डराउँदैन, कोशीमा बहुमत ल्याउँछौं: अध्यक्ष ओली

विराटनगर, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको तर्क गरे । उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । उनले भने, ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’

अर्को प्रसङ्गमा ओलीले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको बताएका छन् । ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेयस फैलाउन काम हुँदैन,’ उनले भने, ‘यो देश र जनताका लागि राम्रो होइन हितकर होइन । अन्य अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि बताए । ‘उहाँ सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन,’ ओलीले भने । ओलीले देशमा काँग्रेसको बोल्ने हविगत नै नभएको पनि बताए । ‘देशमा काँग्रेस कहाँ छ । घोच्दा दुख्छ दुख्दैन भनेर काँग्रेसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा काँग्रेसका नेताहरू । राजनीतिक गर्ने पार्टीले बोल्नु पर्थ्यो । तर उ बोल्दैन । बोल्ने हविगत पनि छैन । अब कांग्रेस बोल्न सक्दैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस