प्रदेश नेतृत्व चयनमा अध्यक्ष ओलीको निर्देशन अवज्ञा

काठमाडौँ, १७ असोज । संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) को प्रथम प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा भएको छ ।

प्रदेश समिति सर्वसहमत गराउन प्रदेश तथा केन्द्रीय नेताहरूलाई अध्यक्ष ओलीले निर्देशन दिँदै प्यानल बनाए गए उम्मेदवारी नै खारेज गरिदिने चेतावनी दिए पनि उहाँको निर्देशनको अवज्ञा गर्दै मतदान प्रक्रियाबाटै प्रदेश नेतृत्व चयन भइरहेको हो ।

मतदानमा नगई नेता छनोटमा सकस देखिएपछि अन्ततः ओलीको निर्देशनलाई कुल्चिएर नेताकार्यकर्ताले समूहगत रूपमै उम्मेदवारी दिने र सोहीअनुसार मतदानबाट नेतृत्व चयनको प्रक्रिया अपनाएका हुन् ।

अधिवेशनमार्फत नयाँ कमिटीको नेतृत्व चयनमा जुटेको एमालेका प्रदेशस्तरीय नेताकार्यकर्ताले मूल नेतृत्वको निर्देशन र चाहनाविपरीत चुनावी प्रतिस्पर्धामा भाग लिएकोमा अध्यक्ष ओली सन्तुष्ट नभएको नेताहरूले बताएका छन् ।

सर्वसहमतिका नाममा अधिवेशनको समय लम्ब्याएर गरिएका अनेकन बहानाले यो अधिवेशनमा काम नगरेको एमालेका एक पदाधिकारीले बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस