नेप्से १७ अंकले घट्यो

काठमाडौँ, १६ असोज । आज सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले घटेर १ हजार ९ सय ५८.७२ अंकमा झरेको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ३.६६ अंकले घटेर ३७४.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन कारोबार रकम समेत घटेर १ अर्ब १९ करोड ९१ हजार झरेको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.३८ अंकले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.२३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ ।

अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले घटेका छन् । आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.९१ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.५४ प्रतिशतले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्न गृह मन्त्रालयले पाँच जना उपसचिवको टोलीलाई  देशका विभिन्न १८ जिल्लामा खटाएको

काठमाडौँ, ३ असार । नेपालका लागि सन्दीप लामिछानेले बंगलादेशविरुद्ध विकेट लिदै टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गरेको छ ।

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण

काठमाडौँ, ३ असार । आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल