एमालेका तीन केन्द्रीय सदस्यको पद खारेज

काठमाडौँ, १६ असोज । नेकपा एमालेका तीन जना केन्द्रीय सदस्यको पद गुमेको छ ।

एमालेले यसअघि एउटा कमिटीमा रहेको सदस्य अर्को कमिटीको उम्मेदवार बने भइरहेको पद स्वतः जाने निर्णय गरेको थियो । सो निर्णयअनुसार हालै प्रदेशहरूमा भएका अधिवेशनमा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले समेत निर्वाचन लडेका थिए । यसरी केन्द्रीय सदस्य छोडेर प्रदेशका लागि चुनाव लड्ने बागमतीमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेल रहेका थिए । ढुङ्गेलले निर्वाचन जितेकाले उनले पोलिटब्युरो सरहको मान्यता पाए पनि दाहालको केन्द्रीय सदस्य पद गुमेको छ ।

 त्यसैगरी कोशी प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवार बनेका केन्द्रीय सदस्य विनोद ढकालको पनि पद गुमेको छ । ढकाल अर्का नेता घनश्याम खतिवडासँगको चुनावी प्रतिस्पर्धामा पराजित बनेका थिए । तल्लो कमिटीमा झरेर चुनाव लडेकै कारण लुम्बिनीका हरि रिजालको पनि केन्द्रीय सदस्य पद गुमेको छ । राधाकृष्ण कँडेलसँग प्रदेश अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका रिजाल कँडेलले अध्यक्षमा जितेपछि उनको केन्द्रीय सदस्य पद गुम्न पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान