चितुवाको छालासहित पाँच जना पक्राउ

ललितपुर, १६ असोज । संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थानसहित ५ जनालाई ललितपुर महानगरपालिका-१५ बोधिग्राम टोलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-४ बस्ने ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, सोही गाउँपालिका-४ बस्ने २० वर्षीय बिनोद कालिकोटे, रामेछाप जिल्ला रामेछाप नगरपालिका-४ बस्ने ३४ वर्षीय दल बहादुर आले मगर, धादिङ गल्छी गाउँपालिका-८ बस्ने २८ वर्षीय उमेश दुधराज र सोही गाउँपालिका-८ बस्ने २० वर्षीय प्रेम बहादुर बिक रहेका छन् ।

उक्त स्थानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला जस्तो आखेटोपहारसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस