म्याग्दीका मुख्य सडक अवरुद्ध

बेनी, १६ असोज । अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएको छ ।

गए रातिदेखिको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेको हो । बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४, फापरखेतको घुमाउनेभीर र मालिका गाउँपालिका–६ को बांगेपहिरोमा सडक अवरुद्ध भएको छ । यस्तै, बेनी–जोमसोम सडकखण्डको रघुगंगा गाउँपालिका–२, बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका–२, नैनिबगर र वडा नम्बर–३ को गुइँठेलगायत क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार, वर्षा नरोकिएकाले पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ । निरन्तर पहिरो खसिरहेका कारण सडकखण्डमा सवारी सञ्चालन हुन सकेको छैन । बेनी–जोमसोम सडकखण्ड पहिरोले अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको छ ।

सोह्रश्राद्धमा पितृ उद्धारका लागि मुस्ताङको कागबेनीमा जाने तीर्थालुको चाप बढेको समयमा सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्कनेहरू बीचबाटैमा रोकिएका छन् । पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध बनाउने भएकाले सम्बन्धित सडकको अवस्थाबारे सूचना लिएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३