एमसिसीका कार्यकारी निर्देशक एलेक्स र अध्यक्ष ओलीबीच भेटवार्ता 

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच पार्टी कार्यालय च्यासल, ललितपुरमा सोमबार साँझ भेटवार्ता भएको एमालेले बताएको छ । भेटमा एमसीसी परियोजना कार्यान्वयनका विषयमा कुराकानी भएको एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले बताए ।

एमसीसीका कार्यकारी निर्देशक अलवाइडले एमसीसी परियोजना कार्यान्वयनको समयावधि अब एक वर्ष ११ महिना बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न होस् भन्ने चाहना व्यक्त गरेकी थिइन् । भेटमा अध्यक्ष ओलीले एमसीसी परियोजना सहमतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण