सत्तारुढ दलका नेताहरु आफैं जेल जान्छन्: महासचिव पोखरेल

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले सत्तारुढ दलका नेताहरुको शासकीय चरित्रनै भ्रष्टाचार लाएको आरोप लगाउनुभयो । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको समेत पटकपटक दोहो¥याउनुभयो । भ्रष्टाचारको निश्पक्ष छानविन गरे उनीहरुनै जेल जाने जिकिर गर्दै उहाँले एमाले सधैँ सुशासनको पक्षमा रहेको दावी समेत गर्नुभयो ।

महासचिव पोखरेलले मिशन २०८४ पूरा हुनेगरी एमाले एक्लैले बहुमतको सरकार बनाउने योजनाका साथ सिंगो पार्टी पंक्ति एकता भएर अघि बढनुपर्ने बताउनुभयो । उहाँले जनताको रोजाईको पार्टी भएकाले एमाले एक्लैले बहुमत ल्याएर सरकार सञ्चालन गर्नेपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३