तैँ चुप मैँ चुपको धन्दा हामी चलाउँदैनौँ : मन्त्री श्रेष्ठ

काठमाडौँ, १५ असोज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारमा बसेर तैँ चुप मैँ चुपको धन्दा नचलाउने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भ्रष्टाचारविरुद्ध सुशासनको अभियान सरकारले जारी राख्ने बताए । उनले भने, ‘सरकारमा पनि रहिराख्ने अनि तैं चुप मैँ चुपको धन्दा हामी चलाउँदैनौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई सरकारले मूल मन्त्र बनाएको छ । यो अभियान जारी रहन्छ,पूर्णविराम लाग्दैन’ ‘हामी भ्रष्टाचारविरुद्धको अभियान अगाडि बढाउँछौँ । अपराधीकरणको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गर्छौँ ।’

कर्मचारीले सुराकीका नाममा र मन्त्रीले अपारदर्शी रूपले खर्च गर्न पाउने पञ्चायतकालीन प्रावधान खारेज गरेर सुशासनको अभियान अगाडि बढाएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने