सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित : मन्त्री महत

काठमाडौँ, १५ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् ।

आज काठमाडौँमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “सीमित व्यक्तिले अहिले पनि बजारमा खेल्ने गरेका छन् । सबैले बजार बुझेका हुँदैनन्,” “पुँजीबजारको विषयमा सबैलाई ज्ञान नहुने भएकाले चेतना फैलाउन आवश्यक छ । सूचनाको क्रान्तिले अवसर ल्याएको छ । यसको उपयोग गर्नुपर्छ ।”

बजार घट्दा लगानीकर्ता निराश भएको उनले बताए । केही दिनमै बजारलक्षित निर्णय गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३