दुई महिनामा २५ गर्भवती तथा सुत्केरीको हवाई उद्धार 

काठमाडौँ, १५ असोज । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका २५ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

हवाई उद्धार कार्यविधि, २०७७ बमोजिम गत साउन र भदौमा देशका विभिन्न दुर्गम स्थानबाट उनीहरूको उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनमा ११ र भदौमा १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको हो ।

दुई महिनामा गोरखा, काभ्रेपलाञ्चोक, ओखलढुंगा, दैलेख, डोल्पा, कालिकोट, संखुवासभा, हुम्ला, रुकुम पूर्व, धादिङ, रुकुम पश्चिम, भोजपुर, सोलुखुम्बु र खोटाङ जिल्लाबाट उनीहरूको हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

दुर्गम स्थानबाट गर्भवती तथा सुत्केरीको उद्धारमा धेरैजसो स्थानमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको छ । मन्त्रालयका अनुसार यस कार्यक्रम अन्तर्गत हालसम्म ५५२ गर्भवती तथा सुत्केरीको उद्धार गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३