प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

आज बिहान अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । माओवादीका तर्फबाट प्रचण्डबाहेक उपप्रधानमन्त्री समेत रहेका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् ।

एमालेले तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा सरकारले धोका दिएको भन्दै आजबाट बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने चेतावनी दिएको छ । सोही विषयमा छलफल गर्न प्रचण्डले एमाले नेताहरूसँग छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताएका छन्

काठमाडौँ, ४ असोज । हिजोदेखि सञ्चालनमा आएको धरहरामा अवलोकन गर्न जानेहरुको भिड लागेको छ । एक हप्तासम्मको लागि अनलाइन टिकट

काठमाडौँ,  ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको

काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन् । आफैँभित्र आशाको दियो