पाल्पामा नेपाल वडा संघ गठन

रामपुर, १३ असोज  । राजेशकुमार अर्यालको अध्यक्षतामा नेपाल वडा संघ पाल्पा शाखा गठन गरिएको छ । जिल्लाको ८१ वडाध्यक्षको भेलाले गठित संघको उपाध्यक्षद्वयमा दिवाकर देवकोटा र रामबहादुर रावल, सचिवमा थानेश्वर तिमिल्सेना, सहसचिव राजकुमार पन्थी, कोषाध्यक्ष इन्द्रा चिदी रहेका छन् ।

सदस्यहरूमा दामोदर पाठक, नविन्द्र थापा सोती, निरबहादुर सारु, ईश्वर काफ्ले, युगबहादुर ठाडा, ओमप्रकाश गैरे, सागरमान महर्जन, चिरञ्जीवी पोखरेल, यादव अर्याल, गोविन्द रायमाझी रहेका छन् । भेलाले वडा कार्यालय जनताको नजिकको कार्यालय भएको जनाउँदै शुक्रबार वडा संघ गठन गरेको हो । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन् ।

भेलाले वडा कार्यालयमा परेका राजनीतिक, कानुनी र सार्वजनिक समस्यालाई एकताबद्धरुपले समाधान गर्ने र देशभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठितरुपले आवाज उठाउन अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ । नवनिर्वाचित वडा संघका अध्यक्ष अर्यालले देशैभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठित हुन अभियानको सुरुआत पाल्पाबाट गरिएको बताए । भेलाले स्थानीय सरकार सञ्चालन ऐन परिमार्जन गरेर वडालाई आर्थिक अधिकार सम्पन्न बनाउन माग समेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्